INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले माग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका –४ स्थायी घर भई खाँदबारी नगरपालिका–४ बस्दै आएका ४० वर्षीय सन्तबहादुर मगरविरूद्ध साउन २१ गते जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुभेष अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २१ गते गरिएको छ ।

अन्य

भिडियो