११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कटहरी गाउँपालिका–७ का ५५ वर्षीय अनिल आचार्यविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन १८ गते गरिएको छ ।