INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिने व्यक्ति प्रहरी नियन्त्रणमा

धादिङ घर भइ हाल पोखरा महानगरपालिका–९ बस्ने पत्रकार ३३ वर्षीय रन्जन अधिकारीलाई समाचार प्रकाशनको विषयमा धम्की दिएको आरोपमा प्रहरीले नवलपरासी घर भइ हाल पोखरा महानगरपालिका–११ काहुँ बस्दै आएका ३७ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई साउन १६ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले साउन ९ गते फोन तथा म्यासेज माफर्त धम्की दिएको भन्दै व्यक्ति पहिचान गरी कारबाही गरी पाउँ भन्दै नेपाल पत्रकार महासङ्घलाई बोधार्थ दिइ जिल्ला प्रहरी कार्यालय कास्कीमा साउन ९ गते निवेदन दिएका थिए ।

साउन ६ गते पोखरा महानगरपालिका–११ स्थित एक विद्यालयको बारे सामाचार प्रकाशन गरे लगत्तै आरोपितले समाचार हटाउ, अन्यथा नराम्रो हुने भन्दै फोन र म्यासेज मार्फत धम्की दिएको उहाँले बताउनुभयो ।

पीडितले घटना बारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि साउन १५ गते नेपाल पत्रकार महासङ्घ कास्कीमा लिखित निवेदन दिएको पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो ।

घटना बारे जानकारी गराए लगत्तै नेपाल पत्रकार महासङ्घ कास्कीले विज्ञप्ती जारी गर्दैसत्य तथ्य छानविन गर्दै तत्काल कारबाहीको माग गरिएको बताउनुभयो ।

पत्रकार महासङ्घलाई घटना बारे मौखिक जानकारी पहिले नै भएर छलफल भइरहेको भएपनि आधिकारिक रुपमा जानकारी भने पीडितले साउन १५ गते मात्रै निवेदनमार्फत गराउनुभएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

अन्य

भिडियो