INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरका ४१ वर्षीय विजयथुलुङ राईलाई साउन १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७३ माघ १८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १९ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई घटना भएको साढे चार वर्षपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७४ असार २२ गते बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

आरोपितलाई गिरफ्तार गरी साउन १३ गते नै अदालत उपस्थित गराइ कारबाही अघि बढाएको डिएसपी गौतमले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७३ माघ १९ गते गरिएको थियो ।

अन्य

भिडियो