३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको बोदेवर्साइन गाउँपालिका–१ स्थायी घर भई अस्थायी ट्राफिक प्रहरी विट झापामा कार्यरत असई ४९ वर्षीय जितेन्द्रनारायण मण्डललाई साउन ११ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७७ चैत २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका डिएसपी कृष्ण अर्जुन केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ८ गते गरिएको छ ।