INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाका लागि खोप ल्याउन पहल सुरू  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबिलकाका लागि पनि खोप ल्याउने प्रक्रिया थालिएको जनाएको छ ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिनु भएको छ ।

लोहनीका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार बालबालिकासहित १९ वर्षमुनिका व्यक्तिको सङ्ख्या १ करोड ९६ लाख ६७ हजार ६ सय ९० रहेको छ ।

अहिलेसम्म खोपको पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ र दोस्रो मात्रा १४ लाख ३० हजार ४ सय १६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप आइसकेको पनि डाक्टर लोहनीले जानकारी दिनु भएको छ ।

प्राप्त खोपमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८ सय ५० (भारतबाट कोभिशिल्ड ३ लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८ सय ५० मात्रा), वैदेशिक अनुदानबाट २९ लाख (चीनबाट १८ लाख र भारतबाट ११ लाख) मात्रा रहेका छन् ।

यसैगरी सरकारले खरिद गरेर ५० लाख (भारतबाट कोभिशिल्ड १० लाख र चीनबाट भेरोसेल ३२ लाख) मात्रा ल्याएको हो ।

अन्य

भिडियो