१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—१४ का २९ वर्षीय मुकेश भनिने धनबहादुर लामालाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा साउन १० गते उजुरी दिएको पीडित बालिकाकी माइजुले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साउन १० गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान थालिएको बताउनु भयो ।