१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीया एक बालकविरुद्ध पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा साउन ३ गते उजुरी दर्ता गराउनु भएको छ ।
पीडित बालिकालाई हेटौँडाबाट ललाइफकाई रौतहटको चन्द्रनिगाहापुरमा ल्याएर असार ३१ गते राति बलात्कार गरेको पीडित बालिकाकी आमाको आरोप छ ।
आरोपित बालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले घटना भएलगत्तै पीडित परिवारले दिएको मौखिक उजुरीका आधारमा गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी लिलाराज लामिछानेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सरकारी अस्पताल चन्द्रनिगाहापुरमा साउन २ गते गरिएको छ ।