नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई असार २८ गते गिरफ्तार गरेको छ ।
रङ्गेली नगरपालिका–५ की २५ वर्षीया खुश्बु मण्डलले असार २७ गते साँझ छोरीलाई जन्म दिएपछि लिङ्ग पहिचान पश्चात हत्या गरेको आरोपमा २५ वर्षीया आमा खुश्बु, २८ वर्षीय बाबु अरूण मण्डल, ५० वर्षीय हजुरबुबा नागेश्वर मण्डल र ४८ वर्षीया हजुरआमा उर्मिला मण्डललाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शिशुलाई जन्म दिएपछि ब्लाङ्केटले थिचेर हत्या गरी रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकमा अरूण मण्डलले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र शव गाड्न खोजेको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम कोशी अस्पतालमा असार २८ गते गरिएको छ ।