INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा असार २७ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २६ गते मौखिक उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार २६ गते गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सव–इन्स्पेक्टर टिकाराम पोखरेलले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २६ गते भरतपुर जिल्ला अस्पताल चितवनमा भएको छ  ।

अन्य

भिडियो