१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्लाको बोदेवर्साइन नगरपालिकाका–२ का २८ वर्षीय राजेश शाहलाई असार २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी असार १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १४ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १५ गते गरिएको छ ।