आठ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–१० का ६७ वर्षीय यदुनाथ नेपाललाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ ।
बालिकालाई असार १५ गते ललाईफकाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई जबरजस्ती करणी अन्तर्गत अनुसन्धान अघि बढाइएको इन्सपेक्टर जनार्दन घिमिरेले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते नै त्रिशूली अस्पतालमा गरियो ।