INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा, बैतेश्वर गाउँपालिका–४ घर भई हाल भक्तपुर नगरपालिका–९ चोखा डेरा गरी बस्ने ३२ वर्षीय बसन्त दमाईलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १३ गते दिउँसो घरमा कोही नभएको समयमा बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा सोही दिन उजुरी दिनु भएको डिएसपी दीपक गिरीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १३ गते भक्तपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो