INSEC Online

📅 २०८३ असार ११

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७२ वर्षीय चन्द्रबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १३ गते घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि २८ वर्षीय सुवर्ण राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बाबुको हत्यापछि फरार भएका आरोपितलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असार १४ गते गरिएको छ ।

अन्य

भिडियो