INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  भारत विहार घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजित कुमार शर्मालाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ८ गते बलात्कार गरेको र सोको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यलय कास्कीमा सोही दिन उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई असार ९ गते  पोखरा–१४ चाउथेबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत कास्कीमा जबरजस्तीकरणी शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ९ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो