पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ५३ वर्षीय काकालाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार ६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिनुभएको थियो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई असार ७ गते घरबाटै गिरफ्तार गरी उनीविरुद्ध असार ८ गते जिल्ला अदालतबाट म्याद थप गरी घटनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ६ गते दमौली अस्पतालमा भयो ।