INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका–३ का २८ वर्षीय दिपेश न्यौपानेलाई प्रहरीले ०७८ असार ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई न्यौपानेले ०७८ जेठ २० गते घर नजिक रहेको गोठमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

घटनापछि फरार रहेका आरोपितलाई खोजतलासी गर्ने क्रममा लुकिछिपी घरमा आएको अवस्थामा गिरफ्तार गर्न सफल भएको डिएसपी सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा भयो ।

अन्य

भिडियो