स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये १२ प्रतिशत १९ वर्ष मुनिका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन सरदर ४४ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन ६८ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ५१ हजार ६ सय ८६ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १२ हजार १ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २३ हजार ६ सय ७६ जना सङ्क्रमित निको भए भने ३ सय ७ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
| एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु | ||||||||
| विवरण | ७ गते | ६ गते | ५ गते | ४ गते | ३ गते | २ गते | १ गते | जम्मा |
| परीक्षण | ६५८३ | ६६७७ | ७०१० | ७५६९ | ७७११ | ८६८७ | ७४४९ | ५१६८६ |
| सङ्क्रमित | १५८४ | १४२१ | १६८८ | १९६३ | १७६८ | २०१४ | १६८१ | १२११९ |
| काठमाडौँ उपत्यकाका सङ्क्रमित | ३७९ | ५४८ | ३३७ | ५०८ | ५७० | ४९९ | ५४५ | ३३८६ |
| १९ वर्ष मुनिकालाई सङ्क्रमण | १९४ | २०९ | १८७ | २४४ | २१४ | २३७ | २०७ | १४९२ |
| निको भएका | ३१३० | ३४५६ | ३६६० | ४०२० | २१४१ | ३०८२ | ४१८७ | २३६७६ |
| मृत्यु | ४६ | ५१ | ३४ | ४४ | ३९ | ५२ | ४१ | ३०७ |
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ जेठ ३१ गतेदेखि असार ७ गतेसम्मको अवधिमा झापामा ३ सय ९० जना पुरूष र ३ सय ६९ जना महिला गरी ७ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३ सय ८ जना पुरूष र २ सय ८६ जना महिला गरी ५ सय ९४ जना, मोरङमा ४ सय २२ जना पुरूष र ३ सय ६० जना महिला गरी ७ सय ८२ जना, पाँचथरमा ४६ जना पुरूष र ३७ जना महिला गरी ८३ जना, सङ्खुवासभामा २४ जना पुरूष र १५ जना महिला गरी ३९ जना, उदयपुरमा ४७ जना पुरूष र २३ जना महिला गरी ६० जना, भोजपुरमा १४ जना पुरूष र दुई जना महिला गरी १६ जना, धनकुटामा १९ जना पुरूष र १६ जना महिला गरी ३५ जना, इलाममा १४ जना पुरूष र १० जना महिला गरी २४ जना, खोटाङमा २८ जना पुरूष र १८ जना महिला गरी ४६ जना, ओखलढुङ्गामा तीन जना पुरूष र एक जना महिला गरी चार जना, सोलुखुम्बमा १४ जना पुरूष र तीन जना महिला गरी १७ जना, ताप्लेजुङमा पाँच जना पुरूष र एक जना महिला गरी ६ जना र तेहृथुममा १४ जना पुरूष र ६ जना महिला गरी २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ हजार ४ सय ९५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार २०७८ असार १ गतेदेखि असार ७ गतेसम्मको अवधिमा धनुषामा ४६ महिला र ७७ पुरुष गरी १ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सप्तरीमा २१ महिला र ३५ पुरुष गरी ५६ जना, सिरहामा १९ महिला र ५६ पुरुष गरी ७५ जना, महोत्तरीमा २३ महिला र ३३ पुरुष गरी ५६ जना, सर्लाहीमा १३ महिला र ३२ पुरुष गरी ४५ जना, रौतहटमा आठ महिला र १४ पुरुष गरी २२ जना, बारामा २७ महिला र ४१ पुरुष गरी ६८ जना र पर्सा जिल्लामा सात महिला र सात पुरुष गरी १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ मा गरिएको कोभिड–१९ को स्वाव परीक्षणमा एक साताको अवधिमा १ सय ६४ महिला र २ सय ९५ जना पुरुष गरी ४ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश २ मा एक साताको अवधिमा सप्तरीमा दुई महिला र एक परुष, सिरहामा चार पुरुष, धनुषामा एक महिला र पाँच परुष, रौतहटमा तीन पुरुष, बारामा तीन महिला र तीन पुरुष र पर्सामा एक महिला र दुई पुरुष गरी २५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १ गतेदेखि असार ७ गतेसम्म थप २ हजार ५ सय ३६ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार ३ सय ७६ जना पुरुष र १ हजार १ सय ६०जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार ९ सय ९३ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार ७ गतेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये ५ हजार ९ सय ३५ जना होम आइसोलेशनमा रहेका छन् भने ५ सय ४० जना संस्थागत आइसोलेशन, ८४ जना आइसीयू र २१ जना भेन्टिलेटरमा रहेका छन् । कोभिड–१९ सङ्क्रमण बढेसँगै गण्डकी प्रदेशमा मनाङ बाहेक १० ओटा जिल्लामा आंशिक र पूर्ण रुपमा निषेध आदेश जारी रहेको छ । हाल कास्की, गोरखा, तनहुँ, बागलुङ र नवलपरासी पूर्वमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ, स्याङजा, पर्वत र म्याग्दीमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असार ७ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कोभिड–१९ सङ्क्रमणले ८ सय ९५ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता पुरुष ३ सय ७० र महिला २ सय ७७ गरी जम्मा ६ सय ६७ जना सङ्क्रमित भएका छन । गत साता यो सङख्या १ हजार ५ सय ८५ रहेको थियो । यस साता सबैभन्दाबढी रुपन्देही जिल्लामा १ सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । रुकुम पुर्व जिल्लामा सङ्क्रमण शुन्यमा झरेको छ । बाँकेमा जारी निषेध आदेश असार ७ गतेको निर्णय अनुसार असार १४ गतेसम्मका लागि थप गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषेध आदेशमा पहिलाको भन्दा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले पसल, व्यवसाय बिहान ९ देखि ४ बजेसम्म सञ्चालनमा आउने भएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा २७ हजार ३ सय ४१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म २४ हजार ३ सय ४३ जनाले कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा १ हजार ५ सय ८२ जना रहेका छने भने प्रदेशभरीमा मृत्यु हुनेको सङ्ख्या ३ सय रहेको छ । यो हप्ता ५ सय ४२ जना नयाँ सङ्क्रमित थपिएका छन । सातामा ९ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ असार १ गतेदेखि २०७८ असार ७ गतेसम्म ६१ जना महिला सहित २ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ । असार ७ गते मात्रै सुदूरपश्चिमका अछाम जिल्लामा दुई जना पुरुष, बैतडीमा एक जना पुरुष, दार्चुलामा एक जना पुरुष, कैलालीमा एक जना महिला र कञ्चनपुरमा तीन जना पुरुष गरी आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टमा कैलाली जिल्लामा एक जनाको मृत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५ सय ६७ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । आइसियुमा २२ जना र भेन्टीलेटरमा सात जना र कोभिड वार्डमा सात जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । अधिल्लो २४ घण्टामा १२ जना निको भएको निर्देशनालयले जनाएको छ । हालसम्म यस प्रदेशमा ४३ हजार २ सय ३७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।