INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–१३ कसेरीका २३ वर्षीय विशाल परियारलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ३ गते घरमा कोही नभएको बेला ललाईफकाई र धम्काएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही दिन उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई असार ३ गते गिरफ्तार गरी उनीविरुद्ध जबरजस्ती करणी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पतलामा असार ३ गते भयो ।

अन्य

भिडियो