INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा असार ४ गते विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्रीलाई नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई/दुई जना प्रदेशसभा सदस्य तथा स्वतन्त्र सदस्य राजीव गुरुङले समर्थन गर्नुभएको हो ।

त्यस्तै प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका २७ जना प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गर्नुभएको थियो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्दै मुख्यमन्त्री नेपालीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको जानकारी दिनुभएको थियो ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार असार ४ गते विश्वासको मत लिनुभएको हो ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा वेशाख २९ गते मुृख्यमन्त्रीमा नियुक्त हुनुभएका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २७ गते उहाँ पदमुक्त हुनु भएको थियो ।

यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरण भइ बनेको एकल बहुमतको सरकार सर्वोच्च अदालतले पार्टी एकीकरण नमिलेको भन्दै फैसला गरेपछि अलगअलग पार्टी बनेपछि सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री गुरुङले वैशाख २६ गते मुख्यमन्त्री पदबाट राजिनामा दिनु भएको थियो ।

अन्य

भिडियो