INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव, सेवा प्रभावित

कोभिड–१९ सङ्क्रमण उच्च भएको अवस्थामा जिल्ला अस्पतालाई कोभिड–१९ अस्पतालका रूपमा रुपान्तरण गरी सञ्चालनमा ल्याइएको कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव हुँदा सेवा प्रभावित हुन पुगेको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारको ३ करोड १६ लाखको रुपियाँको लगानीमा निर्माण गरिएको कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव हुँदा जडान गरिएका स्वास्थ्य उपकरणहरू समेत प्रयोगविहीन भएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक तेजबहादुर पोखरेलले बताउनु भयो ।

जनशक्ति अवाभमा ६६ बेडको कोभिड अस्पताल एक जना विशेषज्ञका भरमा सञ्चालन गरिरहनु पर्दा सेवा प्रभावित भएको स्वास्थ्य शाखा सहसंयोजक पोखरेलको भनाइ छ ।

प्रशासनिक हिसाबले जिल्ला अस्पताल क श्रेणीमा छ । तर सेवा सुविधा भने कमजोर छ । जिल्ला अस्पतालमा ११ औँ तह (सहसचिव) स्तरका प्रमुख कन्सल्टेन्ट एक जना, विशेषज्ञ डाक्टर नौ जना, मेडिकल अफिसर चार जना र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी छ ।

कोभिड–१९ को महामारीका समयमा सङ्घीय सरकार र प्रदेश सरकारको निर्णयमा अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण जडान भएपनि जनशक्ति अभावमा प्रयोगविहीन भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताउनु भयो ।

जिल्ला अस्पतालको भेन्टिलेटर सञ्चालन र कोभिड अस्पताललाई सहज रूपले सञ्चालन गर्न पटक–पटक निर्णय गरि सम्बन्धित ठाउँमा पत्राचार गरेपनि जनशक्ति अभावको समस्या समाधान नभएको प्रमुख जिल्ला अधिकारी सेढाईको भनाइ छ ।

Photo 20210613 Udayapur (1) Photo 20210613 Udayapur (2) Photo 20210613 Udayapur (3)

अन्य

भिडियो