१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित नलगाड नगरपालिका–१२ का ५४ वर्षीय आजे बस्नेतलाई प्रहरीले जेठ २९ गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई जेठ २६ गते दिउँसो बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते इलाका प्रहरी कार्यालय रग्दामा दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु थापाले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २९ गते जिल्ला अस्पतालमा गरिएको डाक्टर अमिन शाहले जानकारी दिनुभयो ।