INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २२ वर्षीय दावा शेर्पालाई जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुनमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशकुमार अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

पीडित बालिका जेठ २३ गते घरबाट हराएपछि खोजी गर्दा आरोपितले जिल्ला बाहिर लगेर गर्भपतन गराएको पत्ता लागेपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाका काकाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २६ गते गरिएको छ ।

अन्य

भिडियो