INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इनरूवा नगरपालिका–९ का ३० वर्षीय सोहेल मन्सुरीविरूद्ध जेठ २६ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिइको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको डिएसपी कार्कीको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २६ गते गरिएको छ ।

अन्य

भिडियो