INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार प्रकाशनपछि चेपाङ बस्तीमा राहत वितरण

तीन महिनादेखि चरम अनिकाल  र भोकमरी लागेको बेनिघाट रोराङ गाउँपालिका-८ को चेपाङ बस्तीमा  जेठ २६ गते राहत वितरण गरिएको छ ।

भोकमरीसम्बन्धी समाचार प्रकाशन भएपछि यति एयरलाइन्सका क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँमा चामल दाल, नुन, तेल वितरण गरिएको हो।

नेपाल चेपाङ चेपाङ सङ्घ धादिङका अध्यक्ष भिमबहादुर चेपाङ, वडाध्यक्ष वीरबहादुर श्रेष्ठलगायतले चेपाङ  राहत वितरण गर्दै गाउँपालिकाले समेत चेपाङ गाउँमा खाद्यान्न वितरण गरेको र दाताहरुको सहयोगले स्थानीय सरकारलाई सहयोग पुगेकोले धन्यवाद ज्ञापन गर्नुभयो।

m

निषेध आदेशले  ज्याला मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तीन चार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेको चेपाङ सङ्घ धादिङका अध्यक्ष भिमबहादर चेपाङको भनाइ छ ।

खानेकुरा अभावपछि यो समुदायका धेरैजसो मानिस जङ्गलमा गिट्ठा खोज्न जाने गरेको, कोही खोलातिर माछा मार्न, कोही टाँकीको मुन्टा टिप्न र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार जेठ २२ गते इन्सेक अनलाइनमा प्रकाशित थियो।

m
यो पनि पढ्नुहोस् – गाउँपालिका योजनाविहीन हुँदा चेपाङ गाउँ नै भोकमरीमा !  –चेपाङ बालबालिकामा कुपोषण बढ्दो, आर्थिक अभावका कारण उपचारमा समस्या

समाचार पढेपछि सहयोगीहरूले खाद्यान्न सङ्कलन गरी गाउँमा वितरणका लागि ल्याएको क्याप्टेन श्रेष्ठले बताउनुभयो ।

गत वर्षको बन्दाबन्दीमा सबै चेपाङ परिवारलाई चामल वितरण गरेको गाउँपालिकाले यस वर्ष निषेध आदेशका बिच ज्याला गर्ने अवस्था नभए पनि राहत वितरणको कुनै योजना बनाएको छैन तर व्यक्तिगत रूपमा खाद्यान्न सङ्कलन थालिएको गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले बताउनुभयो ।

अन्य

भिडियो