INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले देवानगञ्ज गाउँपालिका–२ का २४ वर्षीय मनोज भनिने निरञ्जन पासवानविरूद्ध जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएको र खोजी भईरहेको डिएसपी कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २२ गते गरिएको छ ।

अन्य

भिडियो