नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दोर्दी गाउँपालिका –१ का २५ वर्षीय अर्जुन तामाङलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १९ गते राति २ बजे घरमा सुतिरहेको अवस्थामा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा सोही दिन उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी गङ्गाबहादुर थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत लमजुङमा जबरजस्तीकरणी उद्योग र्शीषक अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पीडिको स्वास्थ्य परीक्षण जेठ १९ गते जिल्ला अस्पताल लमजुङमा गरिएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।