INSEC Online

📅 २०८३ जेष्ठ २१

फोटो र भिडियो लिएको आरोपमा पत्रकारमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३० वर्षीय नविन चौधरीलाई स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष सञ्जिवकुमार रायले जेठ १३ गते सञ्चार सामग्री नियन्त्रणमा लिएर डिलिट गर्दै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित पत्रकारले न्यायको माग गर्दै जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

जलेश्वर नगरपालिका–५ स्थित पतैलीमा गुणस्तरहीन सडक ढलान गरेको भिडियो खिचेको पत्रकार चौधरीको उपभोक्ता समितिका अध्यक्ष रायले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप छ ।

यहाँको सडक जेठ १२ गते ढलान गरिएको थियो । जेठ १३ गते बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले सडकको भिडियो र फोटो लिनुभएको बताउनु भयो ।

फोटो र भिडियो लिइरहेको देखेपछि उपभोक्ता समितका अध्यक्ष रायले पत्रकार चौधरीलाई ‘किन सडकको भिडियो र फोटो खिचेको ?’ भन्दै मोबाइल खोसेर फोटो र भिडियो डिलेट गरिदिएको पीडितको आरोप छ ।

पत्रकार चौधरीमाथि उपभोक्ता समितिका अध्यक्ष रायले गरेको दुर्व्यवहार र सञ्चार सामग्री नियन्त्रणमा लिई फोटो र भिडियो डिलिट गरिदिएको घटनाको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाले निन्दा र भत्सर्ना गरेको छ ।

अन्य

भिडियो