१६ वर्षीया बालिकालाई बलत्कार गरेको अरोपमा प्रहरीले वैशाख ३१ गते मन्थली नगरपालिका–६ का ३१ वर्षीय मोहन श्रेष्ठलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलत्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गाउँबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३० गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्य परीक्षण गरिएको छ ।