६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित १२ वर्षीय बालकलाई दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको साउन २३ गतेको इजलासले बलात्कार घटनाका आरोपित बालकलाई सजाय स्वरुप दुई महिना सुधार केन्द्रमा राख्न र दुई महिनापछि बालकको आमाको रोहवरमा थप तीन महिनासम्म बाल इजलासमा उपस्थितिकालागि तारेखमा राख्ने आदेश गरेको हो ।
पीडित बालिकालाई आरोपित बालकले साउन २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी गरेका थिए । प्रहरीले आरोपित बालकलाई साउन ३ गते गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
आरोपित बालक हाल कास्कीको सराङ्कोटस्थित बाल सुधार गृहमा चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।