INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्ध वैशाख १५ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुन २० गते बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् ।

विवाहको आश्वासन दिई फागुन २१ गते काठमाडौँ लगेर आफूलाई छाडी आरोपित सम्पर्कविहीन भएको पीडितले आरोप लगाइन् ।

पीडितले जिल्ला प्रहरी कार्यालय काठमाडौँमा ०७८ वैशाख ९ गते उजुरी दिए पछि पीडितको काठमाडौँको थापाथलीस्थित परोपकार पसूति तथा स्त्री रोग अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण भएको छ ।

काठमाडौँ प्रहरीले पीडित, आरोपित र घटनास्थल सप्तरीको भएको भन्दै उजुरीसहित पीडितलाई सप्तरी पठाए पछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । आरोपितको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो