१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले इलामको माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुरको षडानन्द नगरपालिका–७ का २७ वर्षीय अनन्त लिम्बूलाई वैशाख १५ गते खाँदवारीबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७८ वैशाख ३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्घयविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई खाँदबारी बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविन राईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १२ गते गरिएको छ ।