पोखरा महानगरपालिका–१ स्थित पृथ्वी नारायण क्याम्पसमा वैशाख १४ गते विद्यार्थीहरुबिच झडप हुँदा दुई जना घाइते भएका छन् ।
क्याम्पसमा बिएससी सिएस आइटी अध्ययनरत विद्यार्थीहरुले फि मा छुट्, लाइब्रेरीको उचित व्यवस्थापन, अनलाइन क्लासका विषयमा क्याम्पस प्रशासन समक्ष लगातार माग गरिरहेको सन्दर्भमा माग पुरा नभएपछि तालाबन्दी गर्ने क्रममा दुई विद्यार्थी समूहबिच झडपहुँदा पोखरा नगरपालिका– ९ न्युरोड बस्ने २६ वर्षीय प्रभात लामिछाने र पोखरा नगरपालिका–१ बगर बस्ने राम अधिकारी घाइते भएका हुन् ।
क्याम्पस प्रमुख प्राध्यापक डा. सरोज कोइरालाले विज्ञप्ति जारी गर्दै झडपले क्याम्पस प्रशासनलाई दुखित तुल्याएको बताउँदै छलफल र वार्तामार्फत निकास खोज्न सकिने बताउनुभएको छ ।
घाइते विद्यार्थीहरुको उपचार गण्डकी मेडिकल कलेजमा भएको छ ।