INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर वेदकोटगढी नगरपालिका–१ घरभई सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित जीप लाइन कम्पनीमा कार्यरत कर्मचारी २७ वर्षीय गोविन्द अवस्थीलाई प्रहरीले ०७७ वैशाख ९ गते गिरफ्तार गरेको छ ।

विद्यालयको पढाई सकेर घर फर्कदै  गर्दा वैशाख ७ गते साँझ हात तानेर जबरजस्ती कम्पनीमा लगेर बलात्कार प्रयास गरेको भन्दै पीडित बालिकाले आरोपित अवस्थीविरुद्ध वैशाख ८ गते महानगरीय प्रहरी वृत्त जगातीमा उजुरी दिएकी थिइन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा सहित बालअधिकारकर्मीहरूको रोहबरमा प्रहरीले अवस्थीलाई कम्पनीबाटै गिरफ्तार गरेको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी इन्स्पेक्टर विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

अवस्थीलाई गिरफ्तार गरी बालिका यौन दुर्व्यवहारको अभियोगमा कारबाही अगाडि बढाएको इन्स्पेक्टर फुयाँलले बताउनुभयो ।

अन्य

भिडियो