INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका–२३ घर भई हेटौँडा उपमहानगरपालिका–६ मा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल पासवानलाई प्रहरीले ०७८ वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई वैशाख १ गते स्थानीय खहरे खोलाको किनारमा लगि बलात्कार गरेको भन्दै पीडित परिवारले पासवानविरुद्ध वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी जयश्वर रिमालले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख २ गते हेटौँडा अस्पतालमा गरियो ।

अन्य

भिडियो