१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका–४ का १९ वर्षीय सुमन तामाङलाई प्रहरीले ०७८ वैशाख १ गते बेलुका गिरफ्तार गरेको छ ।
आरोपितले ०७७ चैत २९ गते घर नजिक सडकमा यौन दुर्व्यवहार गरेको भन्दै पीडितले ०७७ चैत ३१ गते जिल्ला प्रहरी कार्यालयमा तामाङविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७७ चैत ३१ गते चौतारा अस्पतालमा गरिएको छ । आरोपितलाई बाल यौन दुरुपयोग शिर्षकमा मुद्दा चलाएको इन्स्पेक्टर घिमिरेले जानकारी दिनु भयो ।