INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा दोलखा जिल्ला जिरी नगरपालिका–२ घर भइ हाल मन्थली नगरपालिका–१ मा बस्ने २५ वर्षीय टेकबहादुर बिकलाई प्रहरीले ०७७ चैत ३१ गते मन्थलीबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले चैत ३१ गते बलात्कार गरेको भन्दै आरोपित बिकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशकंर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।

अन्य

भिडियो