INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ काँडाधारी बस्दै आएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले चैत २६ गते राती गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई चैत २६ गते राती ८ बजे बलात्कार गरेको भन्दै बालिकाका आफन्तले सोही समयमा दिएको उजुरीको आधारमा गिरफ्तार गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारी इन्सपेक्टर रुपेन्द्रनारायण श्रेष्ठले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते राती नै प्रसुति गृह थापाथलीमा गरिएको छ । घटनाको थप अनुसन्धानका लागि मुद्दालाई महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो