INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हरिनाश गाउँपालिका–६ का २९ वर्षीय जेवन्त कुमार खवास, ४२ वर्षीय दिल बहादुर राना, १९ वर्षीय निलेश दुवाडी र एक १८ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरुले पछिल्लो पटक चैत १४ गते र सो भन्दा पहिला पटकपटक दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितहरुविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएका थिए ।

पीडित पक्षको सोही उजुरीका आधारमा आरोपितलाई चैत १५ गते गिरफ्तार गरी  जिल्ला अदालत स्याङ्जामा उनीहरुविरुद्ध जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते जिल्ला अस्पताल स्याङ्जामा भएको छ ।

अन्य

भिडियो