INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

७१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–७ भोटेनाम्लाङका ४० वर्षीय कान्छा तामाङलाई प्रहरीले चैत १५ गते लुकीछिपि बसेको अवस्थामा तिपेनी बजारबाट गिरफ्तार गरेको छ ।

फागुन २६ गते बेलुका पीडितको घर नजिकै बारीमा काम गरिरहेको समयमा बलात्कार गरेको आरोपमा पीडितले फागुण २८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी  प्रकाश सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुण २८ गते मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिको डिएसपी सापकोटाले जानकारी दिनु भयो ।

अन्य

भिडियो