१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले उदयपुरगढी गाउँपालिका–५ का २४ वर्षीय छविलाल श्रेष्ठलाई चैत १२ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा २ हजार रुपियाँ जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले असार २४ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको साउन १८ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २४ गते गरिएको थियो ।