INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी ६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पाण्डव पासवानलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत ८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत ८ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा चैत ९ गते गरिएको छ ।

अन्य

भिडियो