INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

बौद्धिक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–४ का २८ वर्षीय गोकुल भुजेललाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ७ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार कविराज राउतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

मुलुकी अपराध संहिता २१९ (३) क बमोजिम पीडितले पाउने गरी कसुरदारबाट क्षतिपूर्तिवापत २ लाख रुपियाँ असुल गर्न आदेश भएको अदालतका श्रेस्तेदार राउतले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०७७ पुस २७ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले पुस २८ मादी नगरपालिका –४ बाट गते गिरफ्तार गरी जिल्ला अदालत चैनपुरमा पुस २९  गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा माघ १ गते गरिएको थियो ।

अन्य

भिडियो