२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लहान नपा–१४ का ३२ वर्षीय राम भनिने रामउदगार महतोविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन २७ गते उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको र गाउँमै घटना ‘मिलापत्र’ गर्न खोज्दा उजुरीको लागि ढिला भएको पीडित पक्षले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा फागुन २७ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालका अनुसार घटनाको जानकारी फागुन २६ गते नै आएकोले आरोपितलाई सोही दिन गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।