जिल्ला समन्वय समिति सिरहाको आयोजना तथा इन्सेक, मुक्ति नेपाल, ओरेक, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लव, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल र महिला मानवअधिकार रक्षक सञ्जालको सहकार्यमा फागुन २६ गते सिरहामा लैंगिक हिंसा निवारण कोषको स्थापनाः महत्व र आवश्यक्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले २०७६ सालमै ऐन आएपनि अहिलेसम्म स्थानीय तहहरूले कार्यविधि बनाएर कोषको स्थापना नगर्नु दुर्भाग्य रहेको बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले तत्काल कार्यबिधि बनाएर कोषको स्थापना गर्न आग्रह गर्नु भयो ।

मुक्ति नेपालकी कार्यकारी निर्देशक श्यामकुमारी साहले जिल्लाका सबै स्थानीय तहहरुले कोष स्थापना नगर्दा हिंसा पीडितहरुलाइ आर्थिक सहयोग गर्न तथा उपचार खर्च बितरण गर्न नसकेकोले हिंसा पीडितहरुलाई सहयोग हुने गरी र सुरक्षा आवासको सहयोगको लागि जिल्ला समन्वय समिति र सङ्घ संस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना गरएिको बताउनु भयो ।

कार्यक्रममा पालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष र प्रशासकीय अधिकृतहरुले चाँडै कार्यविधि बनाएर कोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
