INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दोरम्बा गाउँपालिका–१ का ७६ वर्षीय नानीबहादुर तामाङलाई प्रहरीले फागुन २७ गते घरैबाट गिरफ्तार गरेको छ ।

बेसीँबाट घर फर्कने क्रममा गोपीखोलास्थित वनमा ०७७ फागुन २२ गते आफू माथि बलात्कार प्रयास गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडित महिलाले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडतको उजुरीको आधारमा आरोपित तामाङलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडितको ०७७ फागुन २६ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ परीक्षण गरिएको छ ।

अन्य

भिडियो