INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाई प्रहरीले फागुन २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

आरोपित र दुइ दिदि बहिनी ०७६ साउन महिनामा घरको एउटै कोठामा सुतेको अवस्थामा घटना भएको पीडित परिवारले इन्सेकलाई बताए ।

पीडित बालिका हाल ८ महिनाको गर्भवति भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा फागुन २६ गते उजुरी दिएको बताएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २५ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो