शारीरिक रुपमा अपाङ्गता भएका राइनास नगरपलिका–९ का ४५ वर्षीय प्रेमविनोद विकलाई सार्वजानिक कार्यक्रममा जातीय भेदभाव झल्कने शब्द प्रयोग गरेको आरोपमा सोही वडाका वडाध्यक्ष ६३ वर्षीय पदमबहादुर थापाविरुद्ध पीडितले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएको छ ।
पीडितलाई आरोपितले ०७७ फागुन २१ गते स्वास्थ्य चौकी सम्बन्धी कार्यक्रम भइरहेको स्थानमा जातीय भेदभाव झल्कने खालको शब्द प्रयोग भएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर ओमबहादुर पुनले बताउनुभयो ।
घटना बारे आवश्यक कारवाही र छलफलको माग राखी ०७७ फागुन २२ गते न्याय समितिमा समेत उजुरी दिएपनि न्याय समितिले कुनै कारवाहीको प्रक्रिया अघि नबढाएपछि प्रहरीमा उजुरी दिएको पीडितले उजुरीमा उल्लेख गरिएको इन्स्पेक्टर पुनले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितले उजुरी दिए पश्चात घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगाबहादुर थापाले बताउनुभयो ।