१५ वर्षीया बालिकालाई फागुन २० गते बलात्कार गरेको आरोपमा शिद्ध कुमाख गाउँपालिका –३ निवासी २२ वर्षीय राजु परियारलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ ।
विवाह गर्ने बहानामा घरबाट लिएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २१ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा भएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।