INSEC Online

📅 २०८३ जेष्ठ २२

सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो ।

पीडितलाई ०७७ असोज १५ गते बेलुका जलबीरे अस्पतालमा परिवार नियोजनको तीन महिने सुई लगाएर फर्कदै गर्दा जुगल गाउँपालिका–४ मान्जे बजारमा बास बस्ने क्रममा चार जनाले सामुहिक बलात्कार गरेको पीडितको आरोप छ ।

घटनामा संलग्न आरोपितहरू मध्ये  जुगल गाउँपालिका–४ मान्जे घर भएका २६ वर्षीय विकास सिल्वाल र सोही गाउँपालिका–५ ढाडेका २४ वर्षीय सुन्दर श्रेष्ठलाई ०७७ असोज २४ गते प्रहरीले घरबाट गिरफ्तार गरी अदालतमा पेश गरेको थियो ।

सोही ठाउँका २४ वर्षीय कैलाश नेपालीलाई ०७७ माघ २६ गते काठमाडौँबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडितले असोज १९ गते दिएको उजुरी असोज २० गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।

पीडितको असोज १९ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो । पीडितलाई चौतारा स्थित महिला पुनस्थापना केन्द्रमा राखिएकोमा हाल पुनःस्थापना गरी घर पठाइएको छ ।

अन्य

भिडियो